एकीकृत समाजवादीको आचारसंहिता – विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अनैतिक

नेपालभ्युज

एकीकृत समाजवादीको आचारसंहिता – विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अनैतिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्ना कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको छ ।

तीन पृष्ठको आचारसहिंतामा १३ वटा बुँदा छन् । एकीकृत समाजवादीको आचारसंहिताको बुँदा नं. ७ मा ‘नैतिकता’ शीर्षक राखिएको छ ।

उक्त शीर्षकमा विवाह अगाडिको शारीरिक सम्बन्धलाई अनैतिक ठहर गरिएको छ । “परपुरुष–परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ,” आचारसंहितामा लेखिएको छ, “कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।”

यसबाहेक एकीकृत समाजवादीले आफ्नो आचारसंहितामा पार्टीको निर्णयविरुद्ध पार्टीभन्दा बाहिर गएर नबोल्न पनि भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved