लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

नेपालभ्युज

लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले घटेको हो ।

सुन आज तोलाको १ लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सुन लगातार चार दिन बढेको थियो । बिहीबार ५ सय रूपैयाँ, बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँ, मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved