सेयर बजारमा सामान्य अङ्कको वृद्धि 

नेपालभ्युज

सेयर बजारमा सामान्य अङ्कको वृद्धि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ ।

नेप्से परिसूचक आज ३ दशमलव १४ अङ्कले बढेर २७४३ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

३०९ कम्पनीका ८६ हजार २२३ पटकको कारोबारमा १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

८१ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved