काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना : एक जनाको मृत्यु, चालक ‘गम्भीर’ घाइते

नेपालभ्युज

काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना : एक जनाको मृत्यु, चालक ‘गम्भीर’ घाइते
सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक । जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बिहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved