काङ्ग्रेसले फागुन ९ देखि २१ सम्म प्रचार अभियान गर्ने

नेपालभ्युज

काङ्ग्रेसले फागुन ९ देखि २१ सम्म प्रचार अभियान गर्ने

ललितपुर । नेपाली काङ्ग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आमजनमानसमा पार्टीले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सुरु गर्ने भएको छ ।

मङ्गलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागले पत्रकार सम्मेलन गरी ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने तयारी रहेको बताएको हो ।

विभागले देशका सातवटै प्रदेशमा कार्यक्रम हुनेगरी फागुन ९ देखि २१ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको छ । जसमा पहिलो दिन ९ गते कोशीको विराटनगर, १० गते मधेसको जनकपुरधाम, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सम्बन्धित प्रदेशका काङ्ग्रेसका  केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशसभाकाननीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभाग प्रमुखको सहभागिता रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved