नेपालमा एमसीसी परियोजना स्थगित

नेपालभ्युज

नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना नेपालमा हाललाई स्थगित भएका छन् । अर्थ मन्त्रालयका अनुसार नेपाललाई यसबारे २ फागुन २०८१ मा औपचारिक रूपमा जानकारी गराइएको हो ।

२९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशका कारण ९० दिनका लागि रोकिएको मन्त्रालयले जनाएको छ।

एमसीसी सम्झौता अनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्नसक्ने व्यवस्था छ । तर, अमेरिकाले स्थगनको पत्र पठाएर सहयोग तत्कालै लागू हुनेगरी सम्झौता स्थगन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved