प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भारतको ओडिसा राज्यस्थित एक विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल मृत्युको विषयमा हालसम्म तीन जना पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनको आरोपमा एक जना र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई जना गार्ड पक्राउ परेका हुन् ।

आइतबार केआईआईटी विश्वविद्यालयकी कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको थियो । सोही घटनाको निष्पक्ष छानबिनको माग राख्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए ।

आन्दोलनको क्रममा विद्यार्थीलाई कुटपिट गर्ने विश्वविद्यालयका सुरक्षा गार्डलाई स्थानीय इन्फोसिटी प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ । स्थानीय पुलिस कमिश्नरेट: भुवनेश्वर कटकेद्वारा जारी विज्ञप्तिअनुसार दुई सुरक्षा गार्डहरू रामकान्त नायक (४५ वर्ष) र जोगेन्द्र बेहेरा (२५ वर्ष)लाई पक्राउ गरेर मुद्दा दायर भएको छ ।

प्रहरीका अनुसार प्रकृतिका दाई सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी चौकीमा उजुरीको आधारमा २१ वर्षीय अध्विक श्रीवास्तवलाई समेत पक्राउ गरिएको छ । सिग्देलको उजुरीपछि १६ फेब्रुअरीमा मुद्दा दर्ता गरेर सोहीदिन पक्राउ गरेको जनाइएको छ ।

भारतीय नयाँ दण्ड संहिताअन्तर्गत आत्महत्याका लागि दुरुत्साहन पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको प्रहरीले जानेको छ । अनुसन्धान प्रक्रिया जारी रहेको र सम्बन्धित दस्तावेज तथा विद्युतीय सामग्री जफत गरिँदै गरेको प्रहरी प्रशासनले जनाएको छ ।

भुवनेश्वर-कटके प्रहरी प्रशासनले दुवै मुद्दाको निष्पक्ष र न्यायोचित अनुसन्धान भइरहेकोले स्थिति सामान्यतर्फ गएको जनाएको छ भने विश्वविद्यालय प्रशासनले समेत विद्यार्थीलाई फिर्ता बोलाएकाले अहिले स्थिति सामान्य हुँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रशासनले विशेष गरी नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । प्रहरी प्रशासनले सबै विद्यार्थीलाई कुनै पनि सुरक्षासम्बन्धी समस्या परेमा २४ सै घण्टा सञ्चालनमा रहेको हेल्पलाइन नम्बर ८२८०३३८३०१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

यी पनि पढ्नुहोस :

प्रकृतिका बुवा भन्छन् : मेरी छोरी त गइहाली, अब कसैलाई यस्तो नहोस्

प्रकृति लम्सालका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्किन केआईआईटीको आग्रह

केआईआईटीबाट लखेटिएका नेपाली विद्यार्थी फर्काउन भारतीय प्रहरी पुग्यो मध्यरात रेल स्टेसन

केआईआईटीमा विद्यार्थीको अवस्था बुझ्न पुग्यो नेपाल प्रहरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved