सत्तापक्षीय संयन्त्र गठनमा शेखरको विरोध, सरकारको एमालेकरण भइरहेको आरोप

नेपालभ्युज

सत्तापक्षीय संयन्त्र गठनमा शेखरको विरोध, सरकारको एमालेकरण भइरहेको आरोप
फाइल फोटो

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र र स्थानीय तहसम्मका सरकार सञ्चालनका लागि सत्तारुढ दलको संयन्त्रको विरोध गरेका छन् ।

नेपाल प्रेस युनियनहरूको जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै उनले संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको बताएका हुन् । संयन्त्रमार्फत सरकार चलाउने कदम गलत भएको उनले बताए ।

‘संयन्त्रमार्फत सरकार चलाउने काम कम्युनिस्टहरूले मात्रै गर्छन् । लोकतन्त्रमा यस्ता संयन्त्रले देश चलाउँदैन । केन्द्रमात्रै होइन स्थानीय तह पनि संयन्त्रबाट चलाउन लागिरहेको छ । मलाई संयन्त्रमार्फत सरकारको एमालेकरण भइरहेको छ की भन्ने चिन्ता लागेको छ,’ उनले भने ।

नेता कोइरालाले सरकारले ल्याएको अध्यादेशको पनि विरोध जनाएका छन् । सुशानको आस राखेर सरकार सञ्चालन गर्न दिएपनि सरकारले उक्त अपेक्षा पुरा गर्न नसकेको उनले बताए । सरकारका कदमले लोकतन्त्रलाई कमजोर बनाइरहेको उनको मत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved