काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि १५ बुँदे आरोप लगाएका छन् । ओलीका कामकारबाहीबारे प्रश्न गर्दै उनले सोमबार सामाजिक सञ्जालमार्फत् १५ वटा आरोप लगाएका हुन् ।
ओली नेतृत्वकै दल नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले ‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीका यस्ता काम कुराले के देखाउँछन् ?’ भन्दै १५ बुँदे सवाल उठाएका छन् ।
जसमा उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकालाई ओलीले कारबाही गर्नु त के स्पष्टीकरण पनि नसोध्ने गरेको आरोप लगाएका छन् ।
साथै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने, कपटपूर्ण तरिकाले अध्यादेश ल्याएको र संसदमा प्रश्नोत्तरका क्रममा जवाफ नदिनेजस्ता काम ओलीबाट भइरहेको आरोप लगाएका छन् ।
धनाढ्य व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा नेतृत्वको आलोचना गरेपछि अध्यक्ष ओलीले रावललाई एमालेबाट निष्कासित गरेका थिए ।
यस्ता छन् १५ आरोप :


Facebook Comment
Comment