काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन । यो जानकारी युक्रेनी सरकारको एक स्रोतले जानकारी दिएको हो ।
युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलागले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए ।
तर, एक स्रोतले त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको छ ।
यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए ।
उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका छन् ।
यसपछि उनले छलफल अगाडि बढाउन दुवैजना चाँडै भेट्ने बताए । यसपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको बीबीसीको समाचारमा उल्लेख छ ।
यद्यपि, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् ‘युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य हुँदैन ।’
Facebook Comment
Comment