भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

नेपालभ्युज

भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

पलनाडु । भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शेख नाजिमा (५०), शेख नुरउल्लाह (२६) र शेख हबिबुल्लाह (२४) रहेका छन् ।

सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताए ।

अधिकारीले भने,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो । दुर्घटना बिहानै भएको थियो । कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।”

यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो ।

घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ । मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गरे । पोखरीबाट बस निकालिएको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved