जनकपुरधाम । महोत्तरीको बर्दिबासमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार बर्दिबास– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
शनिबार साँझ सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बर्दिबास– ४ का ६० वर्षीय दलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते तामाङलाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
अस्पताल स्रोतका अनुसार ठक्करबाट टाउकोमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्रावका कारण तामाङको मृत्यु भएको हो ।
जङ्गल क्षेत्रको सडकखण्डमा तामाङलाई ठक्कर दिएर चालक सवारीसाधनसहित फरार भएका थिए । यसैले उनलाई कुन सवारीले ठक्कर दिएको हो खुल्न सकेको छैन ।
बर्दिबास प्रहरीले दुर्घटनास्थलको सघन अनुसन्धानका साथै फरार सवारी चालकको पहिचान र खोजतलास भइरहेको जनाएको छ । तामाङको शव असपतालमै रहेको छ ।
Facebook Comment
Comment