लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणबाट घाइते

नेपालभ्युज

लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी ढकाल प्रदर्शनकारीको आक्रमणबाट घाइते

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् ।

युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकालमाथि शुक्रबार राति बेरुतमा नजिकै आक्रमण भएको थियो ।

उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसक्रममा ढकाल घाइते भएका हुन् । घाइते उपरथी ढकाललाई तत्कालै यूएन लेवल थ्री अस्पताल पुर्याइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

ढकालको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सेनाले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved