काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजम कम इनिङ्गसमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।
शुक्रबार न्युजिल्याण्डविरूद्धको त्रिकोणात्मक सिरिजको फाइनल खेलमा बाबरले आफ्नो ६ हजार रन पूरा गरेका हुन् । बाबरले १ सय २३ इनिङ्गसमा ६ हजार रन पूरा गरे ।
३० वर्षीय बाबरले ५५.७३ औसतमा ६ हजार रन पूरा गरेका हुन् । बाबर ६ हजार रन पूरा गर्दा सर्वाधिक औसतमा रन बनाउँने खेलाडी हुन् । यसअघि अस्ट्रेलियाका माइकल बेभेनले ५४।७० को औसतमा ६ हजार रन पूरा गरेका थिए ।
बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने दक्षिण अफ्रिकाका हसिम अम्लाको कीर्तिमान बराबरी गरेका हुन् । अम्लाले पनि १ सय २३ इनिङमा नै ६ हजार रन पूरा गरेका थिए ।
भारतका पूर्वकप्तान विराट कोहलीलाई पछि पार्दै बाबर शीर्ष स्थानमा उक्लिएका हुन् ।
विराटले १ सय ३६ इनिङ्गसमा ६ हजार रन पूरा गरेका थिए । विराटले हाल २ सय ८५ इनिङ्गसमा १३ हजार ९ सय ६३ रन बनाएका छन् ।
Facebook Comment
Comment