अनेरास्ववियुका नेता कमल जोशीलाई ८ दिनको म्याद थप

नेपालभ्युज

अनेरास्ववियुका नेता कमल जोशीलाई ८ दिनको म्याद थप

काठमाडौं ।  प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई ८ दिनको म्याद थप भएको छ ।

जोशी ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।

उनीमाथि अनुसन्धान गर्न   शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले  ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

जोशीलाई काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved