नदी संरक्षणमा सबैले सहकार्य गरौँ : पर्यटनमन्त्री पाण्डे

नेपालभ्युज

नदी संरक्षणमा सबैले सहकार्य गरौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल प्रदर्शनी’ अन्तर्गत नवीन बरालको ‘कर्णाली नदी: तीन देशका तस्बिरहरू’ मा तस्बिर लिएर उद्घाटन गर्दै उनले नदीको प्राकृतिक सौन्दर्य नबिग्रिने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिए ।

“कर्णाली नदीसहित मुलुकमा रहेका अन्य महत्त्वपूर्ण नदीहरूको संरक्षण गर्ने, अवैध दोहन नगर्ने विषयमा गरिएका छलफललाई गम्भीरताका साथ लिनुपर्छ”, पर्यटन मन्त्री पाण्डेले भने, “नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माण गर्नेलगायत कार्यले नदीको प्राकृतिक स्वरूपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरूको सम्बन्ध पनि भूगर्भसम्म रहने गर्छ ।”

उनले विकास निर्माणका क्रममा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी दिगो रूपमा पूर्वाधार तथा भौतिक संरचना बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले विकसित राष्ट्रहरूबाट असन्तुलित रूपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण आधार शिविरसहित अन्य हिमालहरूमा हिउँ नभएकोप्रति चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved