बबरमहल जलमग्न भएको घटना : फुटेको पाइप फेर्ने काम धमाधम (फोटोफिचर)

बबरमहल जलमग्न भएको घटना : फुटेको पाइप फेर्ने काम धमाधम (फोटोफिचर)

काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानीको पाइप फेर्ने काम बिहीबार धमाधम भइरहेको छ । फुटेको पाइप फेर्नेसँगै बिग्रिएको सडक पनि मर्मत गर्ने काम भइरहेको हो ।

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बुधबार बबरमहलस्थित जिल्ला अदालतअगाडिको सडकलगायत ठाउँ जलमग्न भएको थियो ।

पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । पैदलयात्रुलाई हिँडडुल गर्न पनि समस्या परेको थियो ।

उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेर करिब ३० लाख लिटर पानी खेर गएको बताइएको छ ।

हेरौँ फोटोफिचर :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved