सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड  

नेपालभ्युज

सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड  
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ दशमलव ७३ को विन्दुमा पुगेको छ ।

बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved