सुनको मूल्यमा भारी गिरावट

नेपालभ्युज

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । सुनको मूल्यमा आज (बुधबार) भारी गिरावट आएको छ । छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुन तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार भने सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved