फ्रान्समा मोदीको सम्बोधन – भारत एआई शिखर सम्मेलन आयोजना गर्न तयार छ

नेपालभ्युज

फ्रान्समा मोदीको सम्बोधन – भारत एआई शिखर सम्मेलन आयोजना गर्न तयार छ

पेरिस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् ।

मङ्गलबार फ्रान्सकाे पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सह–अध्यक्षता गरेको एआई एक्सन शिखर सम्मेलनमा आफ्नो समापन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म एआई फाउन्डेसन र काउन्सिल फर सस्टेनेबल एआई स्थापना गर्ने निर्णयको स्वागत गर्दछु । म फ्रान्स र मेरा प्रिय मित्र राष्ट्रपति म्याक्रोनलाई यी पहलका लागि बधाई दिन्छु र हाम्रो पूर्ण समर्थनको आश्वासन दिन्छु,’ प्रधानमन्त्री मोदीले भने, ‘आजको छलफलले एउटा कुरा बाहिर ल्याएको छ । सरोकारवालाहरूका उद्देश्यमा एकता छ । अर्को शिखर सम्मेलनको आयोजना गर्न भारत खुसी हुनेछ ।’

शिखर सम्मेलन एआई वरिपरि अर्थपूर्ण वार्तालापहरूलाई बढावा दिनका लागि सराहनीय प्रयास रहेको उनले बताए । ‘पेरिसमा एआई एक्सन शिखर सम्मेलनमा विश्व नेता, नीति निर्माता, विचारक, आविष्कारक र युवाहरूलाई एआई वरिपरि अर्थपूर्ण कुराकानी गर्न एकसाथ ल्याउने प्रशंसनीय प्रयास हो,’ उनले थपे ।

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved