स्वर्गद्वारी गुठीपीडितलाई वार्तामा आउन सरकारको आह्वान

नेपालभ्युज

स्वर्गद्वारी गुठीपीडितलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति’लाई वार्ताका लागि आह्वान गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौंको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई वार्ताको लागि आह्वान गरेका हुन् ।

प्रवक्ता भट्टले भनेका छन्, ‘यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनको लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न सङ्घर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।’

मन्त्रालयले वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved