उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

नेपालभ्युज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास  बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार नै  बस्ने भनिएको बैठक प्रतिनिधिसभा बैठकका कारण बस्न सकेको थिएन ।

संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।

यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्

बैठकमा सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved