बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा

नेपालभ्युज

बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा

काठमाडौं । प्यालेस्टाइनी समूह हमासले बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले यस्तो घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेका कारण आफूहरूले इजरायली बन्धकहरूको रिहाइको निर्धारित मिति स्थगित गरेको हमासका एक प्रवक्ताले बताएका छन् ।

पूर्वसम्झौता अनुसार बन्धकको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरूको सूचीमा नेपाली युवा विपिन जोशी पनि पर्ने अपेक्षा गरिएको थियो ।

इजरायलका रक्षा मन्त्री इस्राएल क्याट्जले हमासको यो घोषणा युद्धविराम सम्झौतामा पूर्ण उल्लङ्घन भएको बताएका छन् ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा गाजा क्षेत्रका सबै बन्धकलाई हमासले रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको हामासको हमलामा ७३ र १० वर्ष पहिलेका तीन अन्य बन्धक गाजा क्षेत्रमै कैद छन् ।

हमासले इजरायललाई गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी फर्काउने प्रक्रिया ढिलो गरेको र मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको आरोप लगाएको छ ।

युद्धविराम सम्झौताअनुसार १९ जनवरीदेखि अहिलेसम्म १६ इजरायली र पाँच थाई बन्धकलाई ५६६ प्यालेस्टिनी बन्दीहरूको साटोमा मुक्त गरिसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved