दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोट : एक जनाको मृत्यु

नेपालभ्युज

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोट : एक जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोटमा परी सोमबार एक कामदारको मृत्यु भएको छ । साथै अन्य केही घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समयअनुसार बिहान ११ः१५ बजे विष्फोट भएको हो ।

घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।

विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।

आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए । करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved