महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

नेपालभ्युज

महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

प्रयागराज । भारतको प्रयागराजमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउने क्रम जारी छ । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

उत्तर प्रदेश सरकारले महाकुम्भ सन् २०२५ मा आइतबार करिब ८४ लाख २९ हजार भक्तजनले स्नान गरेको बताएको छ ।

महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थासहित डुबुल्की लिएका छन् ।

महाकुम्भ सन् २०२५ विश्वकै सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ ।

महाशिवरात्रि (२६ फेब्रुअरी)सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।

एक दिनअघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिए ।

‘महाकुम्भ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,’ राजस्थानका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्, ‘त्रिवेणी सङ्गमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।’

सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए ।

त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved