माओवादीको पक्षमा २०६४ मा जस्तै देशव्यापी लहर छ : प्रचण्ड

नेपालभ्युज

माओवादीको पक्षमा २०६४ मा जस्तै देशव्यापी लहर छ : प्रचण्ड

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको पक्षमा देशव्यापी लहर आएको बताएका  छन् ।

अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका हुन् ।

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संङ्गठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए  ।

उनले यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेर  पुरानो विरासत स्थापित गरेको बताए। अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए ।

यसबाट माओवादीले नीति र नेतृत्व दुवै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि स्पष्ट गरे ।

संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए । उनले स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved