२७ वर्षपछि दिल्लीमा भाजपालाई स्पष्ट बहुमत

नेपालभ्युज

२७ वर्षपछि दिल्लीमा भाजपालाई स्पष्ट बहुमत

काठमाडौं । २७ वर्षपछि दिल्लीमा भाजपाले स्पष्ट बहुमत पाएको छ ।

निर्वाचन आयोगका अनुसार भाजपाले अहिलेसम्म ३८ सिट जितेको छ र १० सिटमा अगाडि छ, अर्थात् कुल ४८ सिट ।

आम आदमी पार्टी (आप)ले पनि १७ सिट जितेको छ र ५ सिटमा अग्रता लिएको छ, अर्थात् कुल २२ सिट । काङ्ग्रेसले एक सिट पनि पाएको छैन ।

सन् १९९३ मा भाजपाले ५३ सिट जितेको थियो, अर्थात् दुई तिहाइ बहुमत । त्यसबेला ५ वर्षे सरकारमा मदन लाल खुराना, साहिब सिंह वर्मा र सुषमा स्वराजलाई मुख्यमन्त्री बनाइएको थियो ।

यसपटक आपका अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र सिसोदिया जङ्गपुराबाट चुनाव हारेका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन् । सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved