दिल्लीमा भाजपा बहुमततर्फ, केजरीवाललाई झट्का

नेपालभ्युज

दिल्लीमा भाजपा बहुमततर्फ, केजरीवाललाई झट्का

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना देखिएको छ ।

विधानसभा चुनावको जारी मतगणनामा भाजपाले झण्डै बहुमतभन्दा धेरै स्थानमा अग्रता बनाएको छ ।

७० सिटका लागि भएको चुनावमा हाल सत्ता चलाइरहेको आम आदमी पार्टी सुरुवातीरूपमा पछाडि परेको छ ।

अहिलेसम्मको अवस्थामा दिल्लीमा भाजपाले सरकार बनाउने सम्भावना बढी देखिएको छ ।

बीबीसीकाअनुसार भाजपा ४० भन्दा धेरै स्थानमा अगाडि छ । आम आदमी पार्टीले २५ भन्दा धेरै र काङ्ग्रेसले १ स्थानमा अग्रता बनाएका छन् ।

दिल्लीमा सरकार बनाउन ३६ सिट चाहिन्छ । दिल्लीमा विगत २७ वर्षयता भाजपाले सरकार बनाउन सकेको छैन ।

पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, हालका मुख्यमन्त्री आतिशी मार्लेना लगायत आम आदमी पार्टीका ठूला नेता पछाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved