दिल्लीको प्रारम्भिक रुझान : भाजपा र आपबीच कडा प्रतिस्पर्धा, केजरीवाल पछाडि

नेपालभ्युज

दिल्लीको प्रारम्भिक रुझान : भाजपा र आपबीच कडा प्रतिस्पर्धा, केजरीवाल पछाडि

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । विधानसभाका ७० सिटका लागि बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो ।

सुरुवातमा पोस्टल ब्यालेट गणना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गणनाको प्रारम्भिक रुझान पनि आउन थालेको छ ।

सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) र आम आदमी पार्टी (आप) बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आएका रुझानमा आप २८ र भाजपा २७ स्थानमा अगाडि छनु । काङ्ग्रेसले दुई स्थानमा अग्रता लिएको छ ।

आपका मुख्य नेता अरविन्द केजरीवाल भने नयाँ दिल्ली सिटबाट पछि छन् । अर्का ठूला नेता मनिष सिसोदिया पनि सुरुवाती गणनामा पछि परेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved