दिल्ली विधानसभा चुनावको मतगणना सुरू हुँदै

नेपालभ्युज

दिल्ली विधानसभा चुनावको मतगणना सुरू हुँदै

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावको मतगणना आज शनिबार हुँदैछ ।

तीन दिनअघि भएको मतदानको गणना आज गर्न लागिएको हो । अधिकांश एक्जिट पोलले चुनावमा भारतीय जनता पार्टीले जित्ने दाबी गरेका छन् ।

उनीहरूकाअनुसार अहिले सत्ता चलाइरहेको आम आदमी पार्टी दोस्रो स्थानमा झर्नेछ ।

मतगणनाका लागि तयारी सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । १ करोड ५५ लाख मतदाता रहेको दिल्लीमा यसपटक ६०.४ प्रतिशत मतदान भएको छ ।

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भएको छ । मतगणना अगाडि भाजपा र आम आदमी पार्टी दुवैका नेताले बहुमत ल्याउने दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved