बजेटको आकार घट्यो, चालु खर्च लक्ष्यको ९०.२४ प्रतिशत (पूर्णपाठ)

नेपालभ्युज

बजेटको आकार घट्यो, चालु खर्च लक्ष्यको ९०.२४ प्रतिशत (पूर्णपाठ)

काठमाडौँ ।  बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटेको हो  ।

उनका अनुसार चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ ।

सरकारले पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान   गरेको छ ।

वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो ।

त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान गरिएको छ ।   राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान सरकारको छ ।

यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved