इजरायली राष्ट्रपतिले भने – विपिन जोशीसहित सबै बन्धक रिहा गर्न हरसम्भव प्रयास गरिरहेका छौँ

नेपालभ्युज

इजरायली राष्ट्रपतिले भने – विपिन जोशीसहित सबै बन्धक रिहा गर्न हरसम्भव प्रयास गरिरहेका छौँ

काठमाडौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन त्यहाँका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् ।

पण्डितले मङ्गलबार राष्ट्रपति हेर्जोगसँगको टेलिफोन वार्तामा सो आग्रह गरेका हुन् ।

जवाफमा हेर्जोगले जोशी सहितसबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

हमास र इजरायलबीच जारी युद्धविरामको क्रममा दुवैतर्फले बन्धक रिहा गरिरहेका छन् । नेपालले पनि जोशीको रिहाइका लागि पहल गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved