दिल्ली विधानसभा निर्वाचन : ६९९ उम्मेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्दै

नेपालभ्युज

दिल्ली विधानसभा निर्वाचन : ६९९ उम्मेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्दै

काठमाडौं । भारतमा दिल्ली विधानसभा निर्वाचन २०२५ को मतदान सुरु भएको छ । दिल्ली विधानसभा चुनावमा ७० विधानसभा सिटका लागि स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ ।

निर्वाचनको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ । यस निर्वाचनमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्लीको निर्वाचनमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै बुधबार दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

दिल्लीमा सन् २०१५ र २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले बहुमत हासिल गरेको थियो । २०१५ मा सो दलले ७० मध्ये ६७ तथा २०२० मा ६२ सिट जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved