साउदी अरबमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

नेपालभ्युज

साउदी अरबमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । साउदी अरबमा सवारी दुर्घटनामा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ ।

देशको पश्चिममा पर्ने जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन ।

दुर्घटनामा १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली रहेको पछि थाहा भएको हो । ९ जना भारतीय र ३ जना घानाका नागरिकको पनि ज्यान गएको छ । एक जना नेपाली घाइते भएका छन् ।

जिजानबाट कामदार लिएर कार्यस्थलतर्फ जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved