एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

नेपालभ्युज

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै संगठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ ।

राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने बैठकमा सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । यही माघ २९ गते पोलिटब्यूरो बैठक बस्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved