सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियतमाथि रास्वपाको प्रश्न

नेपालभ्युज

सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियतमाथि रास्वपाको प्रश्न

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा) ले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियतमाथि प्रश्न उठाउँदै अस्वीकार गर्ने भएको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बिहीबार जारी गरेको विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन स्वीकार गर्न नसकने र उक्त विधेयकलाई अविलम्ब फिर्ता लिन आग्रह गरेको बताएका छन् ।

विज्ञप्तिमा रास्वपाले अध्यादेशका गलत बाछिटाले राजनीतिलाई दूषित बनाइरहेको सेरोफेरोमा सामाजिक सञ्जालसम्बन्धी विधेयक गलत नियतका साथ ल्याइएको बताएको छ ।

‘अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन,’ रास्वपाले भनेको छ ।

सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई यसका प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँगको परामर्श तथा संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न रास्वपाले आग्रह गरेको छ ।

सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई सार्वजनिक बहस र छलफलबाट छलेर हतारहतार दर्ता गर्नुले सरकारको नियतमा रहेको खोटलाई उजागर गरेको रास्वपाको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved