प्रचण्डबारे बाबुरामको टिप्पणी- बेइमानहरूबाट ठगिएँ

नेपालभ्युज

प्रचण्डबारे बाबुरामको टिप्पणी- बेइमानहरूबाट ठगिएँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार नछाडेको बताएका छन् ।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले  बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरेका हुन्  ।

‘समयानुकल राजनीति गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । समय र आवश्यकताको स्वरुप अनुसार संघर्ष गर्नुपर्छ । त्यसमा तपाईंहरू तयार रहनुस्,’ उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति तयार गरेका छौं, यसमा हो बांगोटिंगो भयो, त्यो हुनुको पछाडि बेइमानहरूसँग सोझो भएर ठगिएका मात्रै हौं ।’

सम्बोधनका क्रममा उनले   पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिद्ध्याउने षड्यन्त्रमा लागेको आरोप समेत लगाए ।

पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताउँदै उनले  मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

उनले वैकल्पिक शक्तिको विचार र सिद्धान्त नछाडेको भन्दै पूराना पार्टीसँग कहिल्यै नमिलेको जिकिर गरे । उनले पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए ।

उनले भने, ‘बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिले भनेकै छैन,सहकार्य गरेको हो । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved