काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणबारे भइरहेको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने बताएका छन् ।
बुधबार पाथीभरामा बन्ने केबलकार निर्माण विवादबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सबै पक्षलाई समेटेर वार्ता गर्नु उपयुक्त हुने उनको भनाइ छ । उनले झडपमा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गनुपर्ने माग राखेका छन् ।
साथै, उनले निर्माण पक्षले केबलकारमा ७० वर्षभन्दा माथि र १० वर्षमुनिकालाई निशुल्क सेवा दिनुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिनुपर्ने माग राखेका छन् ।
भट्टराईले भने, “ताप्लेजुङका ७० वर्षभन्दा माथि जेष्ठ नागरिक र १० वर्षमुनिका बालबालिकालाई निशुल्क सेवा दिनुपर्ने मेरो प्रस्ताव छ । साथै, प्रभावित क्षेत्रलाई सुलभ सेयर दिनुपर्नेछ । केबलकार सेवामा ताप्लेजुङ बासिन्दालाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”
उनले अधिक बल प्रयोग हुन गलत भएको बताए । नेपाली पुँजी भएकोले सबैले यस आयोजनाबारे बुझ्नुपर्ने, सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
Facebook Comment
Comment