काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा सवार यात्रु मृत भेटिए

नेपालभ्युज

काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा सवार यात्रु मृत भेटिए

काठमाडौं । काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा सवार एक भारतीय नागरिक मृत फेला परेका छन् ।

सोमबार साँझ बसमा चढेका भारत विहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदिश यादव मंगलबार विहान बसको सिटमा मृत भेटिएका थिए ।

मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको स्टार नामक बसमा सवार उनी  बसमै मृत फेला परेपछि  बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई खबर गरेको बताइएको छ।

बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।  मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved