आशिकालाई प्रहरीको जिम्मा लगाइयो, शुक्रबारसम्म हिरासतमै

नेपालभ्युज

आशिकालाई प्रहरीको जिम्मा लगाइयो, शुक्रबारसम्म हिरासतमै

काठमाडौं । आफूलाई अभियन्ता दावी गर्ने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छन् ।

मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीकै जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ।

मंगलबार अदालती प्रक्रिया नसकिएको र यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले  उनलाई शुक्रबारसम्म प्रहरीकै जिम्मा लगाएको हो । उनीमाथी प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो।

केहीअघि साँगाको झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ लिने गरेकोमा विरोध गर्दै आशिकाले टिकटको रसिदसमेत च्यातेको विषयमा उनीविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved