कल्भर्टमुनि पुरुषको शव फेला

नेपालभ्युज

कल्भर्टमुनि पुरुषको शव फेला
प्रतीकात्मक तस्वीर ।

कटारी । उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ ।

मङ्गलबार दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।

उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । “घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ”, उनले भने ।

प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरुसँग मदिरा सेवन गरी घले छुटेका थिए ।

स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ ।

स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved