सेयर बजारमा हरियाली, नौ अर्बको कारोबार 

नेपालभ्युज

सेयर बजारमा हरियाली, नौ अर्बको कारोबार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २६५७ दशमलव ७७ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३२५ कम्पनीका ९५ हजार ९७ पटकको कारोबारमा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ रहेको छ ।

आज १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहहरूमा हरियाली छाउँदा चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved