सभापति कप : फाइनल प्रवेशका लागि आयोजक बागमती र एनआरटी आमने–सामने

नेपालभ्युज

सभापति कप : फाइनल प्रवेशका लागि आयोजक बागमती र एनआरटी आमने–सामने

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

आयोजक बागमती र एनआरटी फाइनल प्रवेशका लागि आमने–सामने हुँदैछन् । यो खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

आयोजक बागमती विभागीय टोली नेपाल पुलिसलाई क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

यसैगरी एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आजको विजेताले माघ १७ गते हुने उपाधि भिडन्तमा संकटा क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीलाई ’म्याच मनी’ स्वरुप नगद ५० हजार समेत प्रदान गरिने छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप भइरहेको हो ।

सभापति कप : मछिन्द्रलाई हराउँदै संकटा फाइनलमा (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved