पूर्वराष्ट्रपति भण्डारी भन्छिन् – राष्ट्रिय राजनीतिमा सक्रिय नै छु

नेपालभ्युज

पूर्वराष्ट्रपति भण्डारी भन्छिन् – राष्ट्रिय राजनीतिमा सक्रिय नै छु
फाइल तस्वीर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् ।

विराटनगरमा रहेकी पूर्व राष्ट्रपति भण्डारीले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

उनले भनिन्, “राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।”

कुनै एजेन्डा पूरा गर्न दलमा आबद्ध हुनुपरे सोही बेला निर्णय गर्ने भण्डारीले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved