प्रधानमन्त्रीको गुनासो – मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्

नेपालभ्युज

प्रधानमन्त्रीको गुनासो – मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा तोडमोड गरेर तस्वीर राखेकोप्रति गुनासो पोखेका छन् ।

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गुनासो गरेका हुन् ।

उनले भने, “मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयू, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला । मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।”

उनले कसैको स्वास्थ्यलाई कम नसोच्न पनि भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved