दश अङ्कले घट्यो सेयर बजार

नेपालभ्युज

दश अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ६१ अङ्कले घटेर २६३३ दशमलव ३२ को विन्दुमा पुगेको छ ।

सोमबार ३१२ कम्पनीका ८७ हजार ५६४ पटकको कारोबारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ रहेको छ ।

१०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज सिन्धु विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved