त्रिकोणात्मक टी-२० सिरिज : थाइल्याण्डको टोली घोषणा

नेपालभ्युज

त्रिकोणात्मक टी-२० सिरिज : थाइल्याण्डको टोली घोषणा

काठमाडौं। नेपालमा हुने त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने थाइल्याण्डको टोलीको घोषणा भएको छ ।

थाइल्याण्ड क्रिकेट सङ्घले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिकोणात्मक सिरिज टीयू क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यू–१९ की कप्तान पूजाको सिनियर राष्ट्रिय टोलीमा पुनरागमन

थाइल्याण्डको पहिलो खेल ३१ जनवरीका दिन नेदरल्याण्ड्ससँग हुनेछ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ खेल खेल्नेछन् । लिग चरणको अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

थाइल्याण्ड टोली –

थाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाचानिदा सुत्थीरुआङ्ग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved