थप ६ जना इजरायली बन्धक रिहा गर्दै हमास

नेपालभ्युज

थप ६ जना इजरायली बन्धक रिहा गर्दै हमास
अर्बेल येहुद

काठमाडौं । प्यालेस्टिनी सशस्त्र संगठन हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई आज (सोमबार)देखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि रहेको बीबीसीको समाचारमा उल्लेख छ । आफ्ना सबै नागरिक रिहाइ नभएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।

हमासले शनिबार चारजना बन्धकलाई रिहा गरेको थियो, तर त्यतिबेला येहुदलाई रिहा गरिएको थिएन ।

यसले गर्दा इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो । किनकि सम्झौताअनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकलाई रिहा गरेको छ । त्यसको सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

गाजाबाट मुक्त भएका चार इजरायली बन्धक स्वदेश फर्किए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved