रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भए रवि

नेपालभ्युज

रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका छन् ।

लामिछानेले बैंक ज्ञारेन्टीमार्फत अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट हालसम्मकै सबैभन्दा धेरै धरौटी मागिएको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार दिएको आदेशमा भनिएको छ, ‘…..मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू ।’

यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved