कसले किन्ला टिकटक ?

नेपालभ्युज

कसले किन्ला टिकटक ?

काठमाडौं । जिम्मी डोनाल्डसन, जसलाई मिस्टर बिस्ट पनि भनिन्छ । उनले टिकटक किन्न आफूले बोली लगाएको बारे आफ्ना लाखौं टिकटक फलोअर्सलाई बताएका छन् ।

उनले भने, ‘म तपाईंहरूको नयाँ सीईओ बन्ने सम्भावना छ, यसका लागि म उत्साहित छु ।’

बिस्टको यो पोस्ट मङ्गलबारदेखि ७ करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ । उनले बोलपत्रसँग सम्बन्धित जानकारी साझा गर्न नसक्ने बताएका छन् ।

यस महिनाको सुरुमा ब्लुमबर्गले चीनले अमेरिकी अर्बपति इलोन मस्कलाई टिकटक बेच्ने विचार गरिरहेको रिपोर्ट गरेको थियो ।

मस्क अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगीमध्ये एक हुन् ।

मस्क पहिले नै सोसल मिडिया प्लेटफर्म एक्सको मालिक पनि हुन् ।

यस हप्ताको सुरुमा मस्कले एक्समा लेखेका थिए, ‘हाल टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति छ, तर एक्सलाई चीनमा सञ्चालन गर्न अनुमति छैन । यो सही होइन, परिवर्तन गर्न आवश्यक छ ।’

मङ्गलबार पत्रकार सम्मेलनका क्रममा पत्रकारले ट्रम्पलाई मस्कका लागि टिकटक किन्न तयार हो भनेर सोधेका थिए ।  जवाफमा उनले भने, ‘हो, यदि उनी किन्न चाहन्छन् भने ।’

ट्रम्पले भने, ‘म चाहन्छु कि ओरेकलका अध्यक्ष ल्यारीले टिकटक किनून् ।’  जो त्यतिबेला राष्ट्रपति ट्रम्पसँगै मञ्चमा उपस्थित थिए । ल्यारी एलिसन पनि ट्रम्पका समर्थकमध्ये एक हुन् ।

ओरेकल टिकटकलाई सर्भर प्रदान गर्ने प्रमुख कम्पनीमध्ये एक हो । गत वर्ष ओरेकलले टिकटकमा प्रतिबन्ध लगाउँदा ठूलो घाटा हुन सक्ने चेतावनी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved